Rule 18
स्वास्थ्य कोषको स्थापना र सञ्चालन
(१) ऐनको दफा २८ बमोजिम एउटा स्वास्थ्य कोषको स्थापना हुनेछ।

(२) उपनियम (१) बमोजिमको -स्वास्थ्य कोषको सञ्चालन मन्त्रालयले गर्नेछ ।

(३) स्वास्थ्य कोषको रकम आधारभूत स्वास्थ्य सेवा,औषधि उपकरण खरिद, विपन्न र असहाय उपचार कार्यक्रम तथा स्वास्थ्य बीमा जस्ता जनस्वास्थ्य सम्बन्धी स्वीकृत कार्यक्रममा खर्च गरिनेछ ।

(४) स्वास्थ्य कोषको सञ्चालन सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले तोके बमोजिम हुनेछ।